Logo

अन्तर्राष्ट्रिय

जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे



नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ ।

सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले ग¥यो भन्ने बारेमाा केही खुल्न सकेको छैन ।कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । पहिले पनि यहाँका जेलहरुमा यसरी नै पटक पटक हमला हुने गर्दथ्यो । यहाँका कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् । उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी कार्य प्रहरीले सुरु गरेको बताएका छन् ।-सिन्ह्वा

प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार  १ : ०१ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।