Logo

साहित्य

जापान च्याप्टर (अनेसास)को १२औं अधिवेशनबाट अध्यक्षमा रविन शर्मा निर्वाचित



जापान ।

प्रवासमा नेपाली साहित्यकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)जापान च्याप्टरको १२औँ अधिवेशन तथा ६० औँ नियमित साहित्य शृङ्खला सम्पन्न भएको छ ।

जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट रविन शर्माको अध्यक्षतामा १८ सदस्यको कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अरुण पौडेल, उपाध्यक्षहरूमा सविना रेग्मी र आनन्द अधिकारी ,महासचिवमा शरद पोख्रेल, सचिवहरूमा राजेन्द्र पौडेल र अनिल कुमार निर्दोष, सहसचिवमा प्रकृती फुयाँल र कोषाध्यक्षमा दीपा घिमिरे चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यहरूमा क्रमश केवि पारखी,बलराम उपाध्याय,मिनराज बाँस्तोला, सजिना मोक्तान, मज्जु गिरी वन, बिन्दु ढकाल, बिशु भण्डारी, नारायण पोख्रेल र मनोज मौसम केसी रहनुभएको छ ।

समाजका अध्यक्ष प्रकाश पौडेल (माइला),नेपाली दूतवास जापानका तृतीय सचिव प्रेम बराल, अनेसास जपानको मुखपत्र साकुरा फुल्दा– ६ प्रायोजक तथा दिपवे फाउन्डेसनका प्रमुख दीपक सुवेदी लगाएत जापानमा क्रियाशिल राजनैतीक दलका संगठनका प्रतिनिधि संघ संस्थाका प्रतिनिधि तथा साहित्यकारहरूको बाक्लो संग्लनता रहेको थियो ।

जापानलाई कर्मथलो बनाइरहनुभएका नेपाली नारी सर्जकहरू विशेष अनेसासको मुखपत्र “साकुरा फुल्दा –६” को लोकार्पण पनि गरिएको थियो । कार्यक्रममा दुई दर्जन बढी स्रष्टाहरूले विभिन्न साहित्यिक प्रस्तुतिहरु राख्नुभएको थियो ।

कार्यक्रम अनेसास जापानका अध्यक्ष गिरिजा गैरेको सभापतित्वमा रविन शर्माले संचालनमा गरी सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १६:४१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।