काठमाडौँ ।
काठमाडौँमा आयोजित एक समारोहको बीच कुमारी बाँठा मगर (मनु)को पीडाको पोखरी(उपन्यास) र जोवन बैना देऊ(गीति एल्बम) विमोचित भएको छ । उपस्थित अथितिले पुस्तक लोर्कापण र गीतको भिडियो हेरेर गीति एल्बमको विमोचन गरेका थिए ।
व्याकुल माइलाको प्रमुख आथित्य रहेको कार्यक्रममा समालोचक तथा कवि महेश पौड्याल र समीक्षक राजकुमार बानियाँले पुस्तकमाथि प्रकाश पारेका थिए ।
बोल्ने क्रममा राजकुमार बानियाँले, पीडाको पोखरी उपन्यासले आफूलाई लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यास सम्झन बाध्य पारेको बताए ।
त्यसैगरी समालोचत तथा कवि महेश पौड्यालले, आफूले यस उपन्यास पढ्ने क्रममा इन्द्रमाया सम्झेको बताए । र बूढ्यौलीले भर्खर समाउन थालेको लेखकले किशोर अवस्थाको परिदृश्य टपक्क टिप्नमा लेखक माहिर भएको बताए । त्यसैगरी पहिलो कृति उपन्यासबाट नै साहित्यको बजारमा आउनु चुनौती छ तर लेखकले त्यो चुनौतीको भ्रम तोडेको विश्लेषण गरेका थिए ।
रूपक अलङ्कारले उद्धघोषण गरेको कार्यक्रममा भारी दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व ग्रहण गरेका साहित्यकार गोविन्द कँडेल‘आँसु’ले अन्तिम मन्त्व्यसहित कार्यक्रम समापन गरेका थिए ।





















प्रतिक्रिया