Logo

बैंकिङ

आईतबार पनि डलर स्थीर रहँदा अन्य मुद्रामा सामान्य बढोत्तरी, कस्तो छ आजको विनिमयदर ?



नेपाल राष्ट्र बैंकले आईतबार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ । शुक्रबार पनि एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र विक्रीदर ११७ रुपैयाँ ७२ पैसामै कारोबार भएको थियो । 

यस्तै यूरोपीयन यूरो एकको खरिददर १३७ रुपैयाँ ४७ पैसा र विक्रीदर १३८ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ । शुक्रबार एक यूरोको खरिददर १३७ रुपैयाँ ०४ पैसा र विक्रीदर १३७ रुपैयाँ ७५ पैसा रहेको थियो । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६१ रुपैयाँ ४२ पैसा र विक्रदर १६२ रुपैयाँ २५ पैसा रहेको छ । शुक्रबार पाउन्ड स्टर्लीङ एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र विक्रदर १६१ रुपैयाँ ४७ पैसा तोकेको थियो । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८६ रुपैयाँ २४ पैसा र विक्रीदर ३८८ रुपैयाँ २३ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३०९ रुपैयाँ ४८ पैसा र विक्रीदर ३११ रुपैयाँ ०७ पैसा तोकेको छ ।

Capture.JPG 

प्रकाशित मिति : २२ चैत्र २०७७, आईतवार १०:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।