नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । अधिवेशन भएका ६ वटा प्रदेशमध्ये ३ वटा प्रदेशको अन्तिम परिणाम आइसकेको छ । दुई प्रदेशमा मतगणना जारी छ भने एक प्रदेशमा पुनः मतदान भइरहेको छ ।
मतगणना जारी रहेका लुम्बिनी प्रदेश र प्रदेश १ मा संस्थापन इतर पक्ष ले अग्रता लिएको छ । लुम्बिनीमा ६१५ मत गणना हुँदा सभापतिमा अमरसिंह पुन मगरले ३४४ र अर्का सभापतिका उम्मेदवार भरत कुमार शाह २१६ मत पाएका छन् ।
यो प्रदेशमा करिब ११ सय मत खसेको छ । यी दुई उम्मेदवारबीच मतान्तर १२८ को रहेको छ। पुन पौडेल संस्थापन इतर (पौडेल) पक्षका हुन भने शाह संस्थापन (देउवा) समूहका हुन।
यस्तै प्रदेश १ मा सभापतिका उम्मेदवार संस्थापन इतर पक्षका गुरुराज घिमिरेले सुरुआती अग्रता लिएका छन् । १६० सय मत गणना हुँदा घिमिरेले ८३ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी संस्थापन पक्षका उद्धव थापाले ७० मत पाएका छन् । थापा सिटौला–देउवा समूहका उम्मेदवार हुन् ।
मतपरिणाम आएका तीन प्रदेश मध्ये २ प्रदेशमा संस्थापन पक्षले जितेको छ भने एक प्रदेशमा संस्थापन इतर पक्षले जितेको छ। सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षका विरबहादुर बलायर र कर्णालीमा ललितजंग शाहीले सभापतिमा जित हात पारेका छन् ।
उता गण्डकी प्रदेशमासंस्थापन इतरका शुक्रराज जोशीले जित हात पारेका छन। वागमती प्रदेशमा भने पुनः मतदान भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि पुन : मतदान भएको हो । संस्थापन पक्षका इन्द्र बानियाँ र संस्थापन इतर पक्षका जगदिश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रदेश २ मा भने क्षेत्रीय अधिवेशन नै हुन नसकेकाले प्रदेश अधिवेशन अनिश्चितत बनेको छ।





















प्रतिक्रिया