Logo

साहित्य

कवि लिली अधिकारीको “पहराको फूल” विमोचित



पोखरा ।

कवि लिली अधिकारीको कविता संग्रह “पहराको फूल” विमोचन भएको छ । पोखरामा हालै आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले उक्त पुस्तक विमोचन गर्नु भएको हो ।

सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी शाखाले आयोजना गरेको उक्त कार्यक्रममा वरिष्ठ कवि एवम् प्राज्ञ रमेश श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर र वरिष्ठ उपाध्यक्ष अजित उत्सव, कृतिका समिक्षक डा. बिन्दु शर्मा लगायतको उपस्थिती थियो । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका गण्डकी शाखा अध्यक्ष शम्भु अर्याल र सन्चालन प्रतिष्ठानकी केन्द्रीय सदस्य सुमित्रा पौडेल सुमिले गर्नु भएको थियो ।

पोखरामा रहेर अध्यापन र साहित्य लेखनमा लामो समयदेखि सक्रिय लिली अधिकारीको यो पहिलो कृति हो । यद्यपि यस कृतिमा सङ्ग्रहित कविताहरू अब्बल रहेको र पोखराले एउटा होनाहार कवि लेखक जन्माएकोमा आफूलाई गर्व लागेको वरिष्ठ कवि प्राज्ञ रमेश श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १६:०७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।