सर्लाही । महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर नै हावी छ । जिल्ला सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पूर्वजिल्ला सभापति एवं इतरका लक्षण राय यादव महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
जिल्ला सभापतिका भतिजासमेत रहेका नितेश राय पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
निर्वाचन अधिकृतको सचिवालयका अनुसार महाधिवेशन क्षेत्र नम्बर १ बा६ प्रतिनिधिमा संस्थापन इतरका १५ जना र संस्थापनका ९ जना मात्र विजयी भएका छन् । दुवै पक्ष प्यानसहित चुनावी मैदानमा उत्रिए पनि मतपरीणाम भने मिश्रित आएको कांग्रेस सर्लाहीले जनाएको छ । पूर्वमन्त्रीसमेत रहेका शम्भुलाल श्रेष्ठले आदिवासी जनजाती कोटाकाे सहारा लिएर महाधिवेशन प्रतिनिधि बने ।
यस क्षेत्रको निर्वाचन परिणामलाई संस्थापन इतरका लक्षमण राय र संस्थापनका नागेन्द्र कुमार राय बीचकाे हारजितको रुपमा हेरिएको छ ।
क्षेत्र नम्बर ३ मा भने मतगणना जारी छ । क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र इतरबाट भिखारी राय चुनावी मैदानमा छन् ।





















प्रतिक्रिया