Logo

समाचार

सिन्धुपाल्चाेकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु



मेलम्ची नगरपालिका-१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

बा २ ख ३६८९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका वर्षीय कमल कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । कार्की गाडी धनी हुन् ।

सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको स्थानीयले बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार  बस्नेतका अनुसार अहिले प्रहरी घटनास्थल पुग्दैछ  । 

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १०:४७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।