Logo

बैंकिङ

२१ प्रतिशत बढ्यो बैंकमा निक्षेप, कर्जामा आंशिक सुधार



चालु वर्षको पहिलो ८ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१ दशमलव ९ प्रतिशतले बढेको छ ।

२०७७ फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलव ४ प्रतिशत, ३४ दशमलव ४ प्रतिशत र ४८ दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८ दशमलव ३ प्रतिशत, ३१ दशमलव ४ प्रतिशत र ५० दशमलव ० प्रतिशत रहेको थियो ।

२०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२ दशमलव १ प्रतिशत रहेको छ । २०७६ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव ९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलव १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९ दशमलव ४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७ दशमलव ३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१ दशमलव ८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६ दशमलव १ प्रतिशतले बढेको छ ।

२०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव २ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव ३ प्रतिशत र १३ दशमलव ३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८ दशमलव ८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३ दशमलव २ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १० दशमलव ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० दशमलव ० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४ दशमलव ९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५ दशमलव २ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७ दशमलव ४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९ दशमलव १ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १७ दशमलव ३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरकर्जा समेत) ७ दशमलव ३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ६१ दशमलव ५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३० दशमलव ३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ४ दशमलव ६ प्रतिशतले घटेको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।