कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासीक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०८ प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्ज ७६.५५ प्रतिशत घटेसँगै सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि देखिएको हो।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ रुपैयाँ १६ पैसा बढेर २९ रुपैयाँ ४७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ३५ पैसा रहेको छ।





















प्रतिक्रिया