Logo

बैंकिङ

खराब कर्जा घट्दा सिभिल बैंकको मुनाफामा करिब ४० प्रतिशतको वृद्धि



सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७ ७८ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा कम्पनीको खुद मुनाफा ३९ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो आ.व को तोस्रो त्रैमासमा कम्पनीले ३६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस वर्षको सोहि अवधिमा यस्तो नाफा ५० करोड २५ लाख रुपैयाँ कायम भएको छ । 

तेस्रो त्रैमासमा कम्पनीको वितरण योग्य नाफा ३० करोड ७७ लाख रुपैयाँ कायम भएको छ । 

बैंकको निक्षेप ४८ दशमलव २४ प्रतिशतले वृद्धि हुँदा ८५ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ भने कर्जा ४८ दशमलव २० प्रतिशतले विस्तार हुँदा ७७ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । 

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३०.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार १२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।