Logo

अर्थ

पहिचानसहितको प्रदेशको नाम राख्न माग गर्दै जनकपुरमा सांसदको पुतला दहन



जनकपुर । प्रदेश २ को नामाकरण मधेश प्रदेश गरिएको विरोधमा जनकपुरधामका युवाहरुले प्रदेशसभा सदस्यहरुको पुतला दहन गरेका छन् । ८ जिल्लाको प्रदेशलाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै युवाले विरोध गरेका हुन् ।

जनकपुरधामस्थित जानकी चोकमा युवा अभियन्ता सुशील कर्णको अगुवाईमा युवाहरुले ८ जिल्लाको प्रदेशलाई मधेश प्रदेश नमान्ने चेतावनी दिएका हुन् । पुतला दहन गरिरहँदा युवाहरुले प्रदेश सांसद मुर्दावाद, ८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौँ, पहिचानसहितको मिथिला भोजपुरा प्रदेश नामाकरण गर लगायतका नाराहरु लगाएका थिए ।

युवा अभियन्ता सुशील कर्णले यो ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले नामाकरण पनि सोही पहिचानको आधारमा हुनुपर्ने माग गरेका थिए । ८ जिल्ला मात्रै मधेश नभएको र २२ जिल्लासहित मधेश प्रदेश नामाकरण गरे आफूहरुलाई स्वीकार हुने पउनको भनाइ छ ।

आठ जिल्लको पहिचान सहित मिथिला भोजपुरा नामाकरण हुनुपर्ने भन्दै ८ जिल्लाको प्रदेशलाई मात्रै मधेश प्रदेश नामाकरण गरेर प्रदेशसभा सदस्यहरुले अदूरदर्शिता देखाएको उनलेको आरोप छ ।

प्रदेशको नामाकरणको सवालमा पुनर्विचार नभए यो संघर्ष निरन्तर जारी रहने आन्दोलनकारीले बताएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १३:३६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।