Logo

समाचार

गुल्मीमा अज्ञात समूहद्वारा एम्बुलेन्समा आगजनी



काठमाण्डौं । आज गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका ४ स्थित आफ्नै घरमा राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति १० ३० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले जानकारी दिए ।

वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका थिए । एम्बुलेन्समा आगोले आधा भाग जलिसकेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याएका थिए ।

स्थानियले गएराति नै प्रहरीलाई खबर गरेको तर अहिलेसम्म प्रहरी घटनास्थल नपुगेको बताए । आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ०८:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।