काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुखुराको आहर (दाना) उत्पादन गर्दै आएको काठमाडौंको टोखा नगरपालीका ६ स्थित टोखा रोडमा रहेको सगरमाथा पोल्टीफीड प्रालीलाई कारवाही गरेको छ ।
तोकिएको मापदण्ड तथा गुणस्तर हिन दाना बनाएको भेटिएपछि बिभागले सगरमाथा पोल्टीफीडलाई कारवाही गरेको हो ।
केही समय अघि बिभागले उद्योगमा गुणस्तर हिन दाना उत्पादन गर्दै बजारमा लैजाने गरेको उजुरी पछि छापामारी दानाको परिक्षणको लागी ल्यापमा पठाएको थियो ।
अुसन्धानमा सगरमाथा पोल्टीफीडले गुणस्तर हिन दाना उत्पादन गरेको पुष्टी भएपछि जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरिएको बिभागले जानकारी दिएको छ । सगरमाथासँगै विभागले न्यूनगुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योगरफर्म विरुद्ध मुद्दा दायर गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।




















प्रतिक्रिया