काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पाँच वर्षपछि पुनः ब्यूँतिएको छ ।
कमल थापा नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) पशुपतिशमशेर जबरा नेतृत्वमा रहेको राप्रपासँग २०७३ मा गाभिएको थियो ।
धनकुटाका लाक्पा तामाङको नाममा दर्ता रहेको राप्रपा नेपाल तामाङले राजीनामा दिएपछि थापा अध्यक्ष बनेका थिए।
थापाले शनिबार प्रजातन्त्र दिवसको अवसर पारेर आफ्नै नेतृत्वको पूर्ववर्ती राप्रपा नेपाल ब्युँताएका हुन्। राष्ट्रिय सभागृहमा आयोजित पार्टी घोषणा सभाले थापालाई अध्यक्ष चयन गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।





















प्रतिक्रिया