Logo

बैंकिङ

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गदैं  



नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीले एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्नको लागि जेठ ९ गते आइतबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन वाणिज्य बैंकहरुसँग प्रस्ताव मागेको छ ।

कम्पनीले कति रकम मुद्धती लगानी गर्न भने खुलाएको छैन । कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने रकम उल्लेख गर्दा बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उललेख नगरिएको पुर्नबीमा कम्पनीले जनाएको छ ।

इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।