सप्तरी सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधन भएपछि सप्तरीका सबै स्थानीय तहमा बुधबार शोक बिदा हुने भएको छ ।
पालिका प्रमुखहरुको मंगलबार बसेको बैठकले उपमेयर चौधरीको निधनसँगै जिल्लाभरिका सबै स्थानीय तहका शाखा/उप-शाखा र वडा कार्यालय समेत बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।





















प्रतिक्रिया