मुक्तक – १
गाउँको छोरो पढ्नु पढ्यो जिउको छाला गयो
लोकसेवा पास गरि बिज्ञान प्रयोगशाला गयो
भ्रष्टाचार नगर्ने सोझो कर्मचारी भएका कारण
उ जानू पर्ने थियो भन्सार,मन्त्रीको साला गयो
मुक्तक – २
कोहि मर्नु पर्दैन पैसाको बाधकमा सुन्दै थिए
गरिबिका कारण मर्यो,अनाहकमा सुन्दै थिए
हेलिकप्टर चढेर आएको बिरामी पनि बाचेन
जसरी नि बाच्छन पैसावाला,सडकमा सुन्दै थिए
मुक्तक ३
डा. साब पीडा घटाउने औंषधी भएजति, दिन पाए पनि हुन्थियो
लौन आफुले फेर्ने सास उनलाई अलिकती, दिन पाए पनि हुन्थियो
छ्ट्पटाउदै गहभरी आँशु पारी मलाई हेर्छिन घरीघरी, म के गरु?
बरु थोरै बिष दिए शान्त हुन्थिन मेरि श्रीमती, दिन पाए पनि हुन्थियो
मुक्तककार
एच के धिताल
टोखा न.पा. १,झोर, काठमाडौ
















प्रतिक्रिया