Logo

राजनीति

जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन 



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा नेपाल)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो ।

जसपा नेपालका अनुसार पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार ११:५०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।