Logo

अन्तर्राष्ट्रिय

सांघाइमा जारी निषेधाज्ञा थप विस्तार



सांघाइ–चीनको सांघाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरिएको छ । निषेधाज्ञाबाट शहरका साढे २ करोड जनसंख्या प्रभावित भएका छन् । सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो । 

महत्वपूर्ण वित्तीय हव सांघाइमा पछिल्लो एक महिनादेखि संक्रमण बढिरहेको छ । यहाँ दैनिक १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

कोभिड संक्रमण बढेपछि केही दिनअघि पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो । तर, अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ०८:४५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।