काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ले यही चैत २८ गतेदेखि नव वर्षको सेल– नयाँ रहर नयाँ अफर सुरु हुने घोषणा गरेको छ ।
नयाँ वर्षको अवसरलाई लिएर दराजले आफ्ना ग्राहकलाई आश्चर्यजनक डिल, रु. ५ हजारसम्मको भाउचर, विशेष अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ Yadea S-Like स्कुटर जित्ने अवसर लिएर आएको छ ।
यस अभियानका लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबीच सम्झौता भएको छ । जसबाट नेपाल बैंकका कार्ड वाहकले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत (अधिकतम रु. १ हजार) र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत (अधिकतम रु. १ हजार ५००) सम्म छुटको मज्जा लिन सक्नेछन् ।
त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्डवाहकले डेबिट कार्डमा १० प्रतिशत (रु. १ हजारसम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशत (रु. १ हजार ५०० सम्म) छुटको मज्जा लिन सक्नेछन् ।
यसका साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट वा क्रेडिट कार्डवाहकले अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशतसम्म छुट (अधिकतम रु. १ हजार) प्राप्त गर्न सक्नेछन् । यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुनेछ ।
अभियानका क्रममा सबै विशेष बैंक छुटहरु मज्जा लिन दराजले आफ्ना ग्राहकलाई अनलाइन भुक्तानीका लागि आफ्ना बैंक कार्डहरु सक्रिय गर्न अनुरोध गरेको छ ।





















प्रतिक्रिया