Logo

समाचार

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता



रसुवा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाबीच साझेदारी सम्झौता भएको छ।

बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहकार्य गर्ने उद्देश्यले दुवै पक्षबीच सम्झौता भएको हो।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा। विशालकुमार भण्डारीको उपस्थितिमा आयोजित कार्यक्रममा रेडक्रसको रसुवा जिल्ला शाखाका कार्यवाहक सभापति देकीछोमो तामाङ र गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार रेडक्रस र गाउँपालिकाको समन्वयमा बाढी प्रभावित परिवारलाई तत्काल नगद सहायता उपलब्ध गराइनेछ। यसका साथै प्रभावित नागरिकको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै अन्य मानवीय सहायता तथा विपद् प्रतिकार्यका कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रममा दुवै पक्षका प्रतिनिधिले बाढी प्रभावितका लागि प्राप्त सहयोग पारदर्शी र व्यवस्थित रूपमा वास्तविक पीडितसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार २१:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।