Logo

प्रमुख समाचार

चन्द्रपुरकाे मेयरमा कांग्रेसबाट १२ को उम्मेदवारी, उपमेयरमा ७ जना आकांक्षी



रौतहट । स्थानीय तह निर्वाचनका लागि राैतहट चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन ।

स्थानीय कांग्रेस नेता नेता सुमन गौतमका अनुसार मुकेश गिरी, सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजयकुमार साह, सपुतबहादुर कार्की, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले, तारा सापकोटाले मेयरका लागि कांग्रेसको आन्तरिक कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, उपमेयरका लागि लक्ष्मी बराल, गीता भारती, सीता गौतम, जयमाला चौधरी, सरस्वती गिरी र तुलसा कोइरालाले उम्मेदवारी दर्ता गराएको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार ०९:५९   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।