Logo

प्रमुख समाचार

जसपाबाट निर्वाचित पालिका अध्यक्ष एमालेमा प्रवेश



पछिल्लो समय नेकपा एमालेमा प्रवेशको लर्को नै लागेको छ । जनता समाजवादी पार्टीका नेता तथा दक्षिणी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका छन् ।

यादवलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली सुनसरी सदरमुकाम इनरुवा आएका छन् । ओलीले गाउँपालिका अध्यक्षसहित विभिन्न पार्टी परित्या गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् ।

इनरुवा नगरपालिका वडा नम्बर ३ को महेन्द्र चोकमा आयोजित ‘बृहत् जनसभा एवम् पार्टी प्रवेश कार्यक्रम’मा उनीहरु एमाले प्रवेश गरेका हुन् । उता नेपाली कांग्रेसबाट रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्षका लागि प्रस्तावित उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कार्कीले कांग्रेस परित्याग गरेका हुन् । उनलाई आसन्न निर्वाचनमा कांग्रेसबाट उम्मेदवार प्रस्ताव गरिएको थियो ।

एमाले केन्द्रीय सदस्य माधव ढुंगेलसहित गएका कार्कीले आफूलाई पद नचाहिएको तर विकास चाहिएको भन्दै ओलीको नेतृत्वका विकास र समृद्धि हुने बुझेर एमालेमा प्रवेश गरेको बताए । उनले कांग्रेसले आफ्नो मौलिक सिद्धान्त भुलेर गठबन्धनको राजनीति गरेपछि सो पार्टीमा बस्न मन नलागेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।