Logo

खेलकुद

कबड्डी: आर्मी र सुदूरपश्चिम सेमिफाइनलमा



काठमाडौं । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो । 

पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदुरपश्चिम प्रदेश सेमिफाईनलमा प्रवेश गरेका छन् । नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशले पहिलो दिनका दुबै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टोली बीचको खेलको नतिजाले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ । 

सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१-३२ ले हरायो भने पाँचौ खेलमा कर्णाली प्रदेशलाई ६-९९ ले किनारा लगायो । तेस्रो खेलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६-२७ ले हराउँदा छैठौं खेलमा गण्डकी प्रदेशलाई ५६-१८ ले हरायो । सोमबार नै भएका खेलमा नेपाल एफिएफ क्लब मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३-२२ ले हरायो भने मधेश प्रदेशले बागमति प्रदेशलाई ३६-२९ ले किनारा लगायो । 

प्रतियोगितामा मंगलबार पनि लिग चरणका खेलहरु हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ । 
प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । 

यसअघि आज नै प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकवहादुर रैकाले उद्घाटन गरेका थिए । 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार २१:४०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।