Logo

खेलकुद

क्रिष्टल प्यालेस र लिड्सले खेले गोलरहीत बराबरी



काठमाडौं । क्रिष्टल प्यालेस र लिड्स युनाइटेडले इङ्लिस प्रिमियर लिग अन्तर्गत ३३औँ चरणको खेलमा गोलरहीत बराबरी खेलेका छन् ।

सोमबार राति लन्डनमा भएको खेलमा दुबै टोलीले गोलका केही अवसर सृजना गरेपनि सदूपयोग गर्न सकेनन् । 

सिजनको अन्त्यतिर आइपुग्दा दुबै टोली रेलिगेशन क्षेत्रबाट टाढिने परिस्थितिमा छन् । क्रिष्टल प्यालेसले ३८ अंकसहित १४औँ स्थानमा छ । लिड्सले ३४ अंक सहित १६औँ स्थानमा छ । 

जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा एभर्टन, वाटफोर्ड र नर्विच रेलिगेशन क्षेत्रमा छन् । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार ०८:१५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।