सिरहामा निषेधाज्ञाको समय १० दिन थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले जेठ मसान्त निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जानकारी दिए।
सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । पछिल्लोपटक जेठ २१ गतेसम्म निषेधाज्ञाको समय थपिएकामा सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म लम्ब्याइएको प्रजिअ कणेँलले बताउनुभयो । कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने जनाएको छ ।





















प्रतिक्रिया