धनगढी । कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किदा ६ महिने शिशुको मत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि महाकाली अस्पताल लगिएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।




















प्रतिक्रिया