Logo

शिक्षा

निजी विद्यालयमा पढ्ने विद्यार्थीबाट ३ प्रतिशत कर असुल्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षपछि निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूबाट तीन प्रतिशत कर असुल्ने भएको छ ।

आज सार्वजनिक बजेटमा ‘शिक्षा समता शुल्क’को नाममा यो कर लिने घोषणा गरेको हो । यसको अर्थ अब विद्यार्थीहरूले बुझाउँदै आएको शुल्क तीन प्रतिशतले बढ्ने भएको छ ।

सरकाद्वारा जारी बजेट व्यक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशतका दरले शिक्षा समता शुल्क असुल उपर गरिनेछ ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार १२:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।