Logo

खेलकुद

आईपीएल : कोलकत्तामाथि दिल्ली क्यापिटल्सको जीत



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जीत निकालेको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो ।

कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

जीतसँगै दिल्लीले ८ खेलमा ८ अंक जोडेको छ । दिल्ली छैटौं स्थानमा उक्लिएको छ । कोलकत्ताले ९ खेलमा ६ अंक जोड्दै आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०६:२८   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।