Logo

खेलकुद

नेपाल र जिम्बावे ‘ए’ बीचको खेल आज



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज बुधवार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजे शुरू हुनेछ । पालले तेस्रो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो  ।

 नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । आइतवार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाल र जिम्बावेबीचको दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ०९:२४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।