Logo

प्रमुख समाचार

लाइसेन्स लिन अब नयाँ प्रणाली, आवेदन दिएको १५ दिनमै ट्रायलको पालो पाइने



आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ । यातायात व्यवस्था विभागको अनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो आउने नयाँ प्रणालीमा उल्लेख गरिएको छ ।

यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको विभागका महानिर्देशक घिमिरेले बताए । तर जेठ १ गतेदेखि नै नयाँ व्यवस्था लागू गर्ने योजना भएपनि सार्वजनिक बिदाका कारण यो व्यवस्था जेठ ४ गतेबाट लागू गर्ने विभागको तयारी भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १५:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।