Logo

अचम्म

१० वर्ष निसन्तान रहेकी महिलाले एकै पटक जन्माईन तीन छोरा



काठमाडौं । निसन्तानको पीरमा करीव १० वर्ष गुजारेकी एक महिलाले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी छन् ।

जुम्लाकी ३४ वर्षीया एक महिलाले नर्भिक इन्टरनेशनल हस्पिटलमा आइतबार विहान तीन जना सन्तान जन्माएकी हुन् ।

लामो समय निसन्तान समस्या भोगेकी ती महिलाले टेष्टट्युव बेबी भनिने इन्भिट्रो फर्टिलाइजेसन (आईभिएफ) विधिबाट तिम्ल्याहा छोरा पाएकी हुन् ।

नर्भिकको आइभीएफ सेन्टरको प्रमुख रहेकी डा. नुतन शर्माले करीव १२ वर्ष निसन्तानको समस्यामा परेका एक दम्पत्तीले अन्तत आइभीएफ विधिबाट तीन जना छोरा प्राप्त गर्न सफल भएको बताइन ।

उनले आज जन्मेका शिशुहरुको तौल १।८, १।७ र १।५ केजी रहेको जानकारी दिईन । ‘आइभीएफ विधिबाट प्राय दुईवटा शिशुहरु जन्मिने गर्दछन् । कहिले काँही तीनवटा पनि जन्माउन सकिन्छ ।

तर यो आफैमा भने जटिल विधि पनि हो । खासगरी गर्भ खेर जाने समस्या हुनसक्छ । हामीले विशेष स्वास्थ्य निगरानीबाट स्वस्थ रुपमा शिशुहरु जन्माउन सफल भयौँ,’ उनले भनिन् ।

पेटमा धेरै शिशु हुँदा पुरा अवधी राख्न पनि समस्या हुने डा शर्माले बताइन । यी तीन वटा शिशु ३५ हप्ताका हुन् । ‘सामान्य त हामीले ३७ हप्ता पछि जन्मनेलाई नर्मल मान्दछौँ ।

तर यो तीनजना भएकोले केही छिटो निकाल्नु पर्‍यो,’ उनले भनिन् । आइतबार विहान तिम्ल्याहा शिशु काखमा लिएको फोटो राख्दै डा। शर्माले भनेकी छन्, ‘नयाँ वर्षको गज्जव सुरुवात !

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०५:३०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।