Logo

प्रमुख समाचार

काठमाडौं अपडेट : बालेन र सुनिताकाे अग्रता कायमै



काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । शुक्रवार बिहानसम्म ७० हजार ५३५ मतगणना हुँदा साहले १२ हजार १५८ मतको अग्रता कायम गरेका छन् ।

ताजा मतपरिणाम अनुसार साहले २६ हजार ३८८ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १४ हजार २३० मत पाएका छन् । सत्तारुढ गठबन्धनकी उम्मेदवार सिर्जना श्रेष्ठले १३ हजार २७८ मत पाएकी छन् । 

यसैगरी उपमेयरमा सुनिता डंगोलले अग्रतालाई कायमै राखेकी छन् । सुनिताले २६ हजार ३११ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५२१ मत पाएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०६:४९   :  बजे

1.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।