Logo

प्रमुख समाचार

केकेको पोष्टमार्टम रिपोर्टमा के आयो ?



बलिउड गायक केके (कृष्णकुमार कुननाथ) को पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । जसमा केके अति उत्साहित हुँदा उनको मुटुमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज भएको र त्यसैका कारण हर्ट अट्याक भएर उनको मृत्यु भएको उल्लेख छ ।

चिकित्सकहरूका अनुसार बेहोस भएलगत्तै सीपीआर दिएको भए उनको ज्यान बच्न पनि सक्थ्यो ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै पोस्टमार्टममा संलग्न डाक्टरले केकेको मुटुको बायाँ भागमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज (बन्द) भएको र अन्य ठाउँमा सानो अवरोध भएको बताएका छन् ।

रक्तप्रवाह रोकिएपछि गायकको मुटुको धड्कन अनियमित भएको चिकित्सकको भनाइ छ । केहीबेरमा केके बेहोस भए र उनको हृदयाघात भयो । सोही समयमा सीपीआर दिएको भए उनी आज बाँच्न सक्ने सम्भावना रहेको चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार २१:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।