काठमाडौं । आबाबुबाबारे गरेको टिप्पणीका कारण विवादमा आएका र्यापर जी–बबले पत्रकारहरुलाई युट्युबरले गरेका जस्ता प्रश्न नगर्न चेतावनी दिएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले उजुरी र निवेदन के हो भन्नेबारे बुझ्न पनि पत्रकारलाई आग्रह गरे ।
जी–बबले यसअघि आफ्नै बुबाआमाविरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएका थिए । प्रशासनमा दिएको उजुरी र अन्तर्वार्ताका कारण जी–बबको चर्को आलोचना भइरहँदा उनी भने पत्रकार सम्मेलनमा जंगिएका हुन् ।
आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा उनले आफूले उजुरी नभई निवेदन दिएको बताएका हुन् ।
उनले भने, ‘मलाई र मैलै काम गर्ने टिमलाई रोक्नुभएन भनेर निवेदन दिएको हो मैले । तपाईँहरु युट्युबरले जस्तो कुरा नगर्नुस न । उजुरी र निवेदन भनेको बुझ्नुहुन्न ?’
आफूलाई स्वतन्त्रता चाहिएको पनि उनले बताए । आफू खुट्टा लागिसकेको छोरा भएको बताउँदै उनले स्वतन्त्रता चाहिएको बताएका हुन् ।
‘म खुट्टा लागेको ठूलो छोरो हो । मलाई स्वतन्त्रता चाहियो । जहाँ भन्यो त्यहीँ जान दिनुपर्यो’, उनले भने ।
पत्रकार सम्मेलनमा उनले आफूलाई सुपरस्टार घोषणा पनि गरेका थिए ।
‘म सुपर स्टार नै हो । आज तपाईंहरू ८०–५० जना मिडिया आउनुभएको छ । मैले चाहेँ भने ३–४ सय जना मिडिया पनि जम्मा पार्न सक्छु’,उनले भने, ‘म सुपर स्टार नै हो ।’





















प्रतिक्रिया