Logo

प्रमुख समाचार

जी–बब र परिवारबीच तीन बुँदे सहमति



काठमाडौं । जी–बबको नामले चर्चित र्‍यापर सुदिप भण्डारी र उनको परिवारबीच तीन बुँदे सहमति भएको छ । आज प्रहरीको रोहबरमा उनीहरूबीच तीन बुँदे सहमति भएको हो ।

जी–बब उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपालका सञ्चालक टासी लामाबीच भएको छलफलमा सहमति जुटेको हो ।

सहमतिमा जी–बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा राख्ने उल्लेख छ । त्यसमा उनलाई पनि अन्य व्यक्तिसरह नै राखिने सहमति भएको हो ।

दोस्रो बुँदामा केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुबालाई भेट गराउने व्यवस्था समाजले मिलाउने उल्लेख छ ।

तेस्रो बुँदामा भने कुनै पनि प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार २१:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।