Logo

खेलकुद

महिला क्रिकेट टोली स्वदेश फिर्ता



काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली महिला टोली आज सोमबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।

समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो । युएईले मलेसियालाई हराएर उपाधि जितेको थियो । सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको थियो ।

के भन्छन् महिला क्रिकेटरहरु ? भिडियो हुर्नहोस्

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १२:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।