काठमाडौं । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । इन्टरले २९ वर्षीय लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
इन्टरले बुधबार राति लुकाकुलाई अनुबन्ध गरिएको जनाएको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर फर्किएका हुन् ।लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुन: ७ वर्षपछि अनुबन्धित भएका थिए । लुकाकुले चेल्सीसँग ५ वर्षको सम्झौता गरेका थिए ।
लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सी छाडेर लुकाकु एभर्टन गएका थिए । एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।
२०१७ मा म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका लुकाकुले ९६ खेल खेल्दै ४२ गोल गरेका थिए । युनाइटेडपछि लुकाकु २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए ।
लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए। यस्तै, २६ प्रिमियर लिगमा ८ गोल गरेका थिए ।




















प्रतिक्रिया