जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
असार १ गते बजेट ल्याएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक आगामी २० गते सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।
अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादवले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थागित गरेका थिए ।
अब बोलाइएको बैठकमा बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । अर्थमन्त्री साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।





















प्रतिक्रिया