Logo

खेलकुद

मेस्सीका फ्यान सुवास नेम्वाङ भन्छन् : यस पटकको विश्वकप अर्जेन्टिनाले जित्छ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले यस पटकको विश्वकप अर्जेन्टिनाले जित्ने बताएका छन् । शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उनले आफूलाई मनपर्ने खेलाडी मेस्सी भएको उल्लेख गर्दै अर्जेन्टिनाले विश्वकप जित्ने बताए ।

‘जे होस यो ताली चै अर्जेन्टिनाले मेस्सीले विश्वकप जित्छन् भन्ने मलाई विश्वास छ,’ उपाध्यक्ष नेम्वाङले भने । नेम्वाङले आफूले विश्व फुटबलका चर्चित लिगहरु प्रिमियर लिग, ला लिगा आफूले हेर्ने गरेको पनि बताए । उनले मेस्सी बार्सिलोना छाडेर पीएसजी गएपछि बार्सिलोनाको खेल हेर्नै छाडेको बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १८:०४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।