Logo

खेलकुद

१२औं राष्ट्रपति रनिङ शिल्डमा चन्दननाथ प्रथम



जुम्ला । १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्धितीय र पातारासी गाउँपालिका तृतीय भएका छन् । १५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार  ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि लिएको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगितामाको  शिल्ड जितेको छ ।  मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ । 

यसैगरी पातारासीले पुरुष भलिवल प्रतियोगिता जित हात पारेको थियो भने कनकासुन्दरी द्धितियमा भएको थियो । महिला भलिबल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्धितियमा चन्दननाथ नगरपालिका भएको छ । कब्बडीमा चन्दननाथ प्रथम, कनकासुन्दरी गाउँपालिका द्धियित भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार ११:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।