काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण कांग्रेसले साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
एन्फा महासचिव किरण राई नेतृत्वको टोलीले महिला साफ नेपालमा आयोजना गर्ने भनेर गरेको प्रस्ताव कांग्रेसबाट स्वीकृत भएको हो । साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।




















प्रतिक्रिया