Logo

खेलकुद

आईसीसी विश्वकप ट्रफी टुर सुरु, नेपालमा दुई दिन रहने



काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२२ सुरु हुन १०० दिन बाँकी रहँदा ‘ट्रफी टुर’ सुरू भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबारबाट आयोजक राष्ट्र अष्ट्रेलियाको पर्थबाट ट्रफी टुर सुरु गरेको हो । 

दोस्रोपटक नेपाल आइपुग्न लागेको ट्रफी यसपटक भने ३० र ३१ अगष्ट (१४ र १५ भदाै) मा काठमाडौं आइपुग्ने छ । ट्रफी सार्वजनिक स्थानमा फोटो सेसनका लागि राखिने छ । यद्यपि स्थान भने तोकिएको छैन ।

आजबाट सुरु भएको टुर १३ देशका ३५ स्थानमा पुग्ने आईसीसीले जनाएको छ । विश्वकप १६ अक्टोबरबाट सुरु हुनेछ । नेपाल भने यसअघि नै पराजित हुँदै छनोट हुन असफल भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १४:५८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।