Logo

खेलकुद

बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट टोटेनहममा



एजेन्सी । इंग्लिस फुटबल क्लब टोटेनहमले फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेङलेटलाई भित्र्याएको छ । टोटेनहमले क्लेमेन्टलाई स्पेनिस क्लब बार्सिलोनाबाट एक सिजनका लागि लोनमा भित्र्याएको प्रिमियर लिग क्लब टोटेनहमले जनाएको हो । 

२७ वर्षीय क्लेमेन्टले गत सिजनमा बार्सिलोनाका लागि २० स्पेनिस ला लिगामा २० खेल खेलेका थिए । तर अधिकांश समय उनी बेन्चै सिमित भए ।

फ्रान्सका लागि १५ खेल खेलेका क्लेमेन्टले सन् २०१८ मा सेभियाबाट बार्सिलोना गएका थिए । उनले बार्सिलोनाका लागि १ सय ५९ खेल खेल्दा बार्सिलोनाले पहिलो सिजनमा लिगको उपाधि समेत जितेको थियो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार १३:४०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।