Logo

खेलकुद

विश्वकप लिग टू खेल्न स्कटल्याण्ड पुगेको नेपाली टोली अभ्यासमा व्यस्त



काठमाडौं । आईसीसी विश्वकप लिग टू खेल्न स्कटल्याण्ड पुगेको नेपाली टोली अभ्यासमा व्यस्त छन् । लिग टूकै तयारी स्वरुप क्यानडामा अभ्यास खेल खेलेर उतैबाट नेपाली टोली बिहीबार क्यानडा पुगेको हो ।

क्यानडामा रहँदा नेपालले घरेलु राष्ट्रिय टिमसँग एक र स्थानीय क्लब ओन्टारियोसँग दुई एकदिवसीय खेल्यो । ओन्टारियोसँगको दुवै खेलमा जित हात परेको नेपाल राष्ट्रिय टिमसँग भने खराब व्याटिङका कारण हार्यो । अहिले स्कटल्याण्डमा रहेका नेपाली टोलीले अभ्यास गरिरहेको नेपाल क्रिकेट संघ (क्यान) जानकारी गराएको हो ।

स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । नेपालको पहिलो खेल जुलाई ११ (असार २७) मा नामिबिया विरुद्ध खेल्नेछ । यस लिगमा नेपालले पहिलो पटक स्कटल्याण्ड र नामिबियासँग खेल्न लागेको हो ।

प्रकाशित मिति : २६ असार २०७९, आईतवार १३:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।