Logo

खेलकुद

नामिबियाविरुद्ध नेपाल टस हारेर ब्याटिङमा 



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत  नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेसँगै सुरुवाती ब्याटिङ गर्दै छ । त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड पुगेको नेपालले नामिबियाविरुद्ध खेलिरहेको हो । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ ।

नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । शृंखलाको पहिलो खेलमा नेपाल सुखद् सुरुवातको दाउमा छ । प्रतियोगिताअघि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको थियो । यसअघि नेपालले नामिबियासँग पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो ।

विश्वकप लिग २ को तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै २० खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ८ खेलमा पराजय बेहोरेको थियो ।

नामिबियाविरुद्ध नेपाली टिमः 

सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १६:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।