Logo

समाचार

पौड्याललाई सम्मानसहित नमोबुद्ध नगरपालिकाले सम्पन्न गर्यो भानुजयन्ती विषेश कार्यक्रम



२०९ औँ भानुजयन्तीको अवसरमा नमोबुद्ध नगरपालिकाले भानुजयन्ती काव्य अनुष्ठान कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका मेयर कुन्साङ लामा सभाध्यक्ष रहेको कार्यक्रममा कवि तथा रेडियोकर्मी डा.नवराज लम्साल प्रमुख अथितिको रुपमा रहेका थिए ।

त्यसैगरी विशिष्ट अथितिको रुपमा उप–प्राध्यापक डा. अशोक थापा, उप–प्राध्यापक महेश पौड्याल, प्रधानसम्पादक अश्विनी कोइराला, कवि भवानी खतिवडा, सञ्चारकर्मी दृष्टिवाणी धिताल, कवि विलोक शर्मा, साहित्यकार गोविन्द कँडेल ‘आँसु’, कवि छविरमण सिलवाल, समीक्षक राजकुमार बानियाँ र निरज दाहाल रहेका थिए ।

उक्त कार्यक्रममा उप–प्राध्यापक महेश पौड्याललाई नेपाली साहित्यमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै नगद रु. दश हजारसहित सम्मानपत्रले सम्मान गरेको थियो ।

नगरपालिकाका मेयर कुन्साङ लामाले भानुभक्तले हामी सबैलाई आर्शीवाद दिनुहोस् भन्ने कामना गरेका थिए भने प्रमुख अथिति डा.नवराज लम्सालले कविताका बारेमा बोलेका थिए । अन्य उपस्थित कविहरूले कविता वाचन गरेका थिए ।
दर्शकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम तारा सुनारले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार ११:१०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।