गर्भवती महिलाले के खाने र के नखाने ? यो एउटा यस्तो प्रश्न हो जुन हरेक महिलाले उनको गर्भावस्थाको क्रममा सामना गर्नुपर्छ । विशेष गरी जब तपाईं स्वादिष्ट केही खान चाहानुहुन्छ, तर डर लाग्छ कि यो बच्चाको लागि राम्रो नहुन सक्छ। त्यसैले यहाँ स्वस्थ र स्वादिष्ट खानेकुराहरूको सूची छ ।
–ताजा फलफूलहरूः फलफूहरू गर्भवती महिलाहरूको लागि सबैभन्दा राम्रो र स्वास्थ्यकर ’रेडी टु इट’ स्न्याक्स हो । तिनीहरूलाई खासै कुनै तयारी चाहिँदैन। हरेक बिहान स्याउ, सुन्तला र केरा जस्ता केही फलहरू लिनुहोस्। कालो अंगूर, केरा, पाकेको आँप, खजूर र काजू शरीरका लागि निकै फाइदाजनक हुन्छन्। केवल चिनी थप्नबाट बच्नुहोस् ।
–सलादहरूः गाजर, टमाटर, पालक, काक्रो, किसमिस र नट यी सबैबाट उत्कृष्ट सलादहरू बन्छन् । प्रोटिन बढाउनको लागि तपाईं चना थप्न सक्नुहुन्छ। प्रोटिन खाजाको लागि उत्कृष्ट विकल्प हो । किनभने यो प्रत्येक कोषको लागि निर्माण ब्लक हो । यसले धेरै महिलाहरूलाई थकान वा वाकवाकी कम गर्न मद्दत गर्दछ ।
–गेडागुडिः गेडागुडिहरूलाई कुनै तयारीको आवश्यकता पर्दैन र बोक्न धेरै सजिलो हुन्छ । गेडागुडिहरूको नियमित प्रयोगमा आफ्नो बानी बसाउनुहोस्, किनकि तिनीहरू प्रोटीनका लागि उत्तम हुन्छन् ।
–उसिनेको अण्डाः उसिनेको अण्डा स्वस्थकर पोषक तत्वले भरिपूर्ण खाजा हो। यदि तपाईं बिहानको खाजामा के खाने भन्ने अन्योलमा हुनुहुन्छ भने उसिनेको अण्डा खानुहोस् ।
–म्याग्नेसियमयुक्त खाजाः म्याग्नेसियम हड्डीको लागि राम्रो हून्छ। म्याग्नेसियम युक्त खानेकुराहरू जस्तै एक गिलास दूध, पकाएको आलु वा मुट्ठीभर बीउहरू लिनुहोस् ।
–दहीः यो एक पौष्टिक खाजा हो, जसले तपाईको दैनिक क्याल्सियमको आवश्यकताको २५ प्रतिशत, प्रोटिन, फाइबर र अन्य धेरै आवश्यक भिटामिन र खनिजहरू प्रदान गर्न सक्छ ।
तपाईंको खाजाको लागि एक स्वस्थ दृष्टिकोण राख्नुहोस्, र तिनीहरूलाई आफैं र बच्चालाई स्वस्थ आहार खुवाउने अवसरहरूमा परिणत गर्नुहोस् ।




















प्रतिक्रिया