Logo

अचम्म

बेहुलीको आमालाई नै बेहुलाको बाबुले भगाएपछि …



माया अन्धो हुन्छ तर कति अन्धो हुन्छ थाहा पाउन मुस्किल छ । जरुरी हुँदैन कि माया प्रेम जवानीमा मात्रै हुन्छ । माया प्रेम जुनसुकै उमेरमा पनि हुनसक्छ । तर स्थिति तब अनौठो हुन्छ जब हुँदै गरेकी बेहुलीको आमा हुँदै गरेको बेहुलाको बाबुसँगै भाग्दछिन् । यस्तै भएको थियो  भारतको गुजरातस्थित सूरत जिल्लामा ।

आगामी फ्रेबुअरीमा युवक र युवतीको बिच विवाह हुने निश्चित भइसकेको थियो । तर, विवाह अघि नै बेहुली बन्नेवाली केटीको आमा नै केटाको बाबुसँग भागेकी छिन् । घटनाको कारणले गर्दा दुवै परिवारबीच सम्बन्धमा दरार आएको छ । केटा र केटीबिचको विवाह कार्यक्रम रद्द भएको छ । विवाहको पहिले नै केटाको बाबु र केटीको आमा बेपत्ता भएका छन् । दुवै परिवारले जनाएअनुसार हुँदै गरेका बेहुलाका पिता र बेहुलीका आमा धेरै पहिलादेखि नै परिचित थिए ।

अहिले दुवै परिवारले केटाको बाबु र केटीको आमाले भागेर विवाह गरिरसेको अनुमान  गरेका छन् ।

स्थानीय प्रहरीले जनाएअनुसार विवाहको ठिक एक महिना अघि केटीको आमा घरबाट गायब भएपछि खोजविन गर्दा दुवै परिवारबीचको आन्तरिक कुरा बाहिर आएको थियो । अनुसन्धान गर्दै गर्दा केटाको बाबु र केटीको आमा सँगै भागेको थाहा पाएपछि खोजविन रोकिएको थियो ।

अहिलेसम्म दुवैजनाको विषयमा केही जानकारी पाइएको छैन । प्रहरीको रिपोर्टसँगै दुवै परिवारले सम्बन्धलाई पनि तोडेका छन् । केटा र केटीबिच एक वर्ष पहिला नै विवाह गर्ने कुरा निश्चय भएको थियो  । एजेन्सी 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।